Wednesday, March 25, 2009

प्युने बानी रह्यो

पसिनाको मोल खाँदै ज्युने बानी गयो
बेग्लै भयो भोक तिर्खा प्युने बानी रह्यो

गाउँघरमा लुक्दै हिंड्दा जे खाए नि चल्थ्यो
भोका नाङ्गा देख्दा खेरि मनमा आगो बल्थ्यो

झुपडीको सुकुल-बोरा स्वर्गै लाग्थ्यो पहिले
महलको डसनाले बिझाउँछ अहिले

सपना त पूरा भयो उनको हैन मेरो
उनको मेरो बीच उठ्यो पर्खालको घेरो

मरिसके बर्गशत्रु क्रान्ति भयो पूरा
आजभोलि फाल्टु लाग्छन् संघर्षका कुरा

पसिनाको मोल खाँदै ज्युने बानी गयो
बेग्लै भयो भोक तिर्खा प्युने बानी रह्यो

2 comments:

AMOL said...

सर, कबित राम्रो छ। बिग्रियेक कम्युनिष्टलाई यो भन्दा राम्रो गाली अरु हुनै सक्दैन।

milan said...

gud work...keep writing