कहिलेकाहीँ कसैले
मिल्दोजुल्दो उच्चारणमात्र गरिदिंदा
मीठो संगीत झैं गुञ्जिछ
मेरो नाम मेरो कानमा,
अनि रड्किन्छ मेरो मगज,
म सोच्न थाल्छु
म आफैं उत्पन्न भएको हुँ धर्तीमा
आफैं बढेको र शिखर चढेको हुँ
मलाई लाग्छ अजेय छु म
ठान्दछु सर्वत्र पुज्य हुँ म
कसैले त भनि पनि दिन्छ
'हजुर अजेय हो
पुज्य अनि अपरिहार्य नै हो'
तर त्यही भनाइ लिन सक्दैन
रड्किएको मेरो मगजले,
र प्याच्च भनिदिन्छु म उसलाई
'हु आर यु टु टिच मी हु आइ एम?'
वास्तवमा हुँ को म?