Tuesday, September 01, 2026

सत्य यही हो

भन्न चाहेको जे होइन
सुनाउन नखोज्नु मलाई
सुन्न चाहेको जे होइन
भनाउन नखोज्नु मलाई
दिन चाहेको जे होइन
देखाउन नखोज्नु मलाई
लिन चाहेको जे होइन
दिलाउन नखोज्नु मलाई

चिन्न सक्छु म सहजै
घृणा पोतिएको मुस्कान
बुझ्न सक्छु म पलभरमा
कपट घुसेको प्रशंसा
सत्य यही हो महोदय
तिमीलाई धेरै नलागे पनि
खासै थोरै चाहिँ होइन ल
मैले यो धरती देखेको
यही धरतीको माटो टेकेको

Monday, August 31, 2026

Rhetoric of Rhetoric

If you become rhetoric-blind,
You will soon begin to believe,
Frankenstein created Mephistopheles,
Dr Faustus fell into perennial dilemma,
Hamlet sold his soul to a Monster.

अस्वीकार

घटेको कहाँ छ र साथी
वहन‌ क्षमता धर्तीको,
केही काम छैन अहिले नै
मलाई सुधार्ने अर्तीको !

फूल

झोँक चल्दा रोपेथेँ फूल
लाज पचेपछि फक्रेछ,
टिपेर ल्याउँछु भन्दैथेँ
लहरै लहराले पक्रेछ !

Thursday, August 20, 2026

If I know

If I know
How you feel
For your family,
Friends and foes;
Will I also know
How you feel for me?

Wednesday, August 19, 2026

उत्पत्ति

राप उमार्ने मन
पाप कोरल्ने मुटु
श्राप ओकल्ने मुख
नर्क त्यत्तिकै बन्या हो र
कुम्भिपाक त्यसै चल्या हो र !

वाध्यता

 उज्यालोको अनुयायी
अँध्यारोले चिन्छ
उज्यालोले देख्दैन

बत्ती बालेर बत्ती खोज्नु
वाध्यता हो दुनियाँको

अदृष्य रहन नसक्नेले
कम्तिमा छायाँमा चाहिँ
सिक्नु पर्छ बस्न!

Relations

Some relations
Are made in heaven;
Some make heaven
Out of hell;
Some others
Do the other way round! 

रोग

नौ-नाडी गलेपछि मात्र
भन्ने गर्छ मान्छे
'हे धर्तीका भारहरू हो
आसक्ति ठूलो रोग हो!'

भ्रम

मलाई पहिले लाग्थ्यो
भ्रम एक उपचार हो
तर अहिले लाग्छ
यो आचार हो
विचार हो
प्रचार हो