अनुहार
अलग होस्, अहंकार अलग होस्
उसको
बोलीमा अलंकार अलग होस्
विचार
अलग होस्, संस्कार अलग होस्
ऊसँगको
हरेक सञ्चार अलग होस्
आहार
अलग होस्, व्यवहार अलग होस्
उसको
सोचाइको आधार अलग होस्
मतियार
अलग होस्, हतियार अलग होस्
ऊसँग
भिड्नेको हार अलग होस्
अगुवा
त यस्तो पाइयोस् जीवनमा
जसको
उपस्थितिमा संसार अलग होस्
No comments:
Post a Comment