साझा बारीमा बीउ छरिहाल्यौ स्वनिर्णयले
कोही रिसाएन, त्यो तिमीमाथिको विश्वास थियो
उर्बर माटोमा जे छरे नि राम्रै फलिदिन्छ
फसलमा घाटा नहुने सबैलाई आश थियो
कोही रिसाएन, त्यो तिमीमाथिको विश्वास थियो
उर्बर माटोमा जे छरे नि राम्रै फलिदिन्छ
फसलमा घाटा नहुने सबैलाई आश थियो
साझेदारहरू हेर्दैछन् बारीमा टुलुटुलु अहिले
तिम्रो बीउमा अन्नबाली वा काँडाको बोट थियो
धाप मार्ने हातहरू कोपर्न तयार हुन सक्छन्
जब थाहा हुन्छ, तिम्रो नियतमा पनि खोट थियो
No comments:
Post a Comment