Saturday, December 27, 2025

सन्तान हुनुको अर्थ


ऊ गर्भमा आउँदा
जैविक क्षमता पुष्टि भएकोमा गर्व गरेँ
ऊ धर्तीमा आउँदा 

अभिभावक हुन पाएकोमा

र वंश निरन्तरताको निश्चिततामा दंग परेँ,

मेरो मुटुको टुक्रा रे ऊ

उसको उल्झनमा अझै पनि मुटु दुख्छ

उसको अशान्तिमा ज्यान लल्याकलुलुक हुन्छ

उसले माया नदेखाए पनि उसको माया लाग्छ

ऊ टाढिँदै जाँदा झन् उसको सामीप्यको‌ चाह हुन्छ


उसलाई सन्तान भनुँ कि स्वच्छन्द प्राणी?

जसप्रति मेरो कर्तब्य छ अधिकार छैन

दायीत्व छ स्वामित्व छैन

लाग्छ उसलाई धर्ती दिएर देश दिन सकिनँ

माटो दिएर बाटो दिन सकिनँ


अहिले यो शरिरजस्तै उजाडिएको 

गाउँघरलाई नियाल्छु र कामना गर्छु

कुनै दिन यो माटोमा मकैको बीऊ रोप्दा‌

मनीको बिटो फल्ने प्रावधान बन्नेछ

अनि चरितार्थ हुनेछ

सन्तान जन्माउनु

जैविक क्षमता देखाउनुभन्दा

धेरै धेरै माथि हो


[साभार: परिसंवाद डट कम]

No comments: