Thursday, December 18, 2025

साँच्ची, को हौ तिमी?

तिमी शरीर हौ कि जीवन?

यदि केवल शरीरमात्र हौ भने,

इन्द्रियहरूको भाँडोमात्र हौ भने,

यो विशाल धर्तीमा तिमीलाई

केवल शरीर अड्याउने

सानो डाँडो चाहिन्छ,

अनि शरीर तताउने

सानो भाँडो चाहिन्छ;

सडक चाहिंदैन,

सदन चाहिंदैन,

सरोकार चाहिंदैन,

सरकार चाहिंदैन,

देशवासी चाहिंदैन

देश चाहिंदैन! 

No comments: