चोइटाहरू -- ११
मलाई माया गर्ने प्राणीहरू
तिम्रो हृदयमा अटेका छन्,
म तिम्रो हृदयलाई माया गर्छु,
त्यो हृदय तिमीभित्र अटेको
छ
म तिमीलाई माया गर्छु ।
---
भाषण भेजामा नघुस्नु समस्या
भेजामा घुस्ने भाषण नगर्नु
समस्या
येनकेन भेजामा घुसिहाल्यो
भने
व्यबहारमा नउत्रिनु झन्
समस्या
---
स्वतन्त्रताको उपभोग जसले
बढी गर्छ
निरंकुशताको भार उसैलाई बढी
पर्छ !
खै मैले बुझें
कि बुझिनँ?
---
मनको आँखाले हेर
मान्छे मान्छे नै देखिन्छ
पेटको आँखाले हेर
मान्छे पनि
मोमो देखिन्छ!
---
भुइँतलामा रम्नेहरूलाई
गाह्रो हुन्छ बुझ्न
छत चर्किएको कुरा
छतमा नाच्नेहरूलाई
गाह्रो हुन्छ बुझाउन
जग हल्लिएको कुरा
No comments:
Post a Comment