Thursday, December 18, 2025

चोइटाहरु -- ९

मलाई किन किन
विचारधारा नलिएको व्यक्ति
र धारा नजोडेको घर
उस्तै उस्तै लाग्न थालेको छ!
---
कतिपय सम्बन्धहरू क्रमश:
थोत्रे इलास्टिक बन्दारैछन्,
न चुँडिने, न तन्किने
नचुँडिने, नतन्किने
---
थाहा छ
मेरो यो छ फूटे शरीर
लाखौँ जीवहरूको घर हो
तर आफूलाई बचाउन
बजारे रसायन निल्दै पचाउँदै
म गरिरहेछु तिनको संहार !
---
आकाशमा उड्न नसक्ने
वा नपाउनेले नै हो रहेछ
यो धर्ती सम्हाल्नु पर्ने!
---
जुन ग्रहमा पुगे पनि
हलीको हातमा पर्ने
अनौ नै हो महोदय!

No comments: