खोजी हुँदैछ मेरो गाउँमा
तपाईँजस्ता को
तपाईँको
गाउँलेहरू पर्खिदैछन्
तपाईँ जस्तालाई
तपाईंलाई
आउनुस् चाँडै
मेसो बुझेर
मेलो मिलाएर
बाटो बनाएर
बाजा बजाएर
लाम लगाएर
आउँदा आउँदै
माला सम्हाल्नुस्
खादा सम्हाल्नुस्
खुसी सम्हाल्नुस्
स्वागत सम्हाल्नुस्
प्रशंसा सम्हालनुस्
उत्तेजना सम्हाल्नुस्
भजन सम्हाल्नुस्
भोजन सम्हाल्नुस्
बस्दै जाँदा
आफन्त सम्हाल्नुस्
आलोचक सम्हाल्नुस्
गुनासो सम्हाल्नुस्
दुखेसो सम्हाल्नुस्
चलाखी सम्हाल्नुस्
चम्चागिरी सम्हाल्नुस्
तिरष्कार सम्हाल्नुस्
बहिष्कार समाल्नुस्
आरोप सम्हाल्नुस्
प्रत्यारोप सम्हाल्नुस्
विज्ञप्ति सम्हाल्नुस्
चेतावनी सम्हाल्नुस्
सौदावाजी सम्हाल्नुस्ना
रावाजी सम्हाल्नुस्
इगो सम्हाल्नुस्
बिगो सम्हाल्नुस्
बसेपछि यो गाउँमा
सम्हाल्नु पर्ने जति
सबै सम्हाल्नुस्
सबैभन्दा बढी
आशा सम्हाल्नुस्
भरोसा सम्हाल्नुस्
विश्वास सम्हाल्नुस्
सपना सम्हाल्नुस्
बिपना सम्हाल्नुस्
वास्तविकता सम्हाल्नुस्
सम्भावना सम्हाल्नुस्
भविष्य सम्हाल्नुस् !
No comments:
Post a Comment