Tuesday, September 01, 2026

सत्य यही हो

भन्न चाहेको जे होइन
सुनाउन नखोज्नु मलाई
सुन्न चाहेको जे होइन
भनाउन नखोज्नु मलाई
दिन चाहेको जे होइन
देखाउन नखोज्नु मलाई
लिन चाहेको जे होइन
दिलाउन नखोज्नु मलाई

चिन्न सक्छु म सहजै
घृणा पोतिएको मुस्कान
बुझ्न सक्छु म पलभरमा
कपट घुसेको प्रशंसा
सत्य यही हो महोदय
तिमीलाई धेरै नलागे पनि
खासै थोरै चाहिँ होइन ल
मैले यो धरती देखेको
यही धरतीको माटो टेकेको

No comments: