Wednesday, November 12, 2008

बागमती र देश

यो सुबिधैसुबिधाको नगरमा
मेरो बागमतीलाई केही सुबिधा भएन
छेउका महलहरुले संसार देखेका छन
बागमती त संसारबाट लुकेको छ

उत्तरबाट आएको भान मात्र हुने
दक्षिणतिर बगेको टडकारै देखिने
अनि पूर्व र पश्चिमसंग तालमेल नभएको
मेरो देशको राजनीति जस्तो

छेउका महलहरुले संसार चिनेका छन
बागमतीले न त उत्तर चिन्यो, न दक्षिण
केवल हेरिरहयो चारैतिर टुलुटुलु
मेरो देशको राजनेता जस्तो

यही रुमल्लिएको बागमती किनारमा उभिएर
म नियालिरहेको छु सिंगो देशलाई
पर्खिरहेको छु त्यो समय
जब देशले चारै दिशा चिन्नेछ I

No comments: