Tuesday, March 24, 2009

नेता बन्नु प-यो

मलाई एउटा पार्टी भित्र छिर्न मन लाग्यो
राजनीतिको झोला आजै भिर्न मन लाग्यो

छिमेकका ऐरे गैरे नेता बन्न थाले
ठूलो भाग खाने पनि तिनै गोरे काले
माथ्लो गाउँको बैकुन्ठेले दु:ख दिनु दियो
त्यसलाई पनि दुई-चार भाटा लगाउनु थियो

दुई-चार लाख कमाको छु मुक्का हान्न आउँछ
यत्ति भए नेपालमा कसले दु:ख पाउँछ?
गाली गर्न ढाँट्न आउँछ भाषण गर्छु छुरा
मात्र एउटा पार्टी छैन योग्यता छ पूरा

No comments: