Tuesday, March 24, 2009

खोज्दैछु

मैले हेरिरहँदा तिमीलाई लाग्ला,
म तिम्रो सुन्दर रूपले लठ्ठिएको छु
तर भ्रम हो त्यो तिम्रो
पुगेको छैन मेरो दृष्टि त्यति पर

के तिमीलाई थाहा छ हाम्रो बिचमा के छ?
हो, त्यहाँ छ कालो बादल
भ्रमको, भडकावको, उपेक्षा अनि अबिश्वासको
म नियालिरहेछु, मात्र त्यो बादललाई
खोज्दैछु, हराइरहेको चाँदीको घेरा ।

No comments: