कविता घाम हो,
ताप दिन्छ
राप दिन्छ
छोए हुन्छ
तापे हुन्छ ।
अलङ्कार आगो हो,
मात्तिएको ज्वालाजस्तो
परैबाट पोल्ने,
रापिएको भुङ्ग्रोजस्तो
पर बसे ताप दिने
नजिक गए राप दिने ।
म त कविताहरू छरपष्ट छोड्ने गर्छु
तिमी तिनलाई ताप या छोऊ,
म अलङ्कारहरूको ओइरो लगाइदिन्छु
तिमी तिनलाई हेर मात्र या हुँडल,
सुख मिले तिम्रै
दु:ख मिले पनि तिम्रै ।
*******
स्यालसँग साझेदारीको शर्तमा
चिलले चल्ला टिपेर उड्यो
के स्याललाई
आफ्नो अंश मिल्ला त ?
********
वेफ्वाँकमा थपडी धेरै ठोक्नेको
न हात काम लाग्छ
न जात काम लाग्छ
न त कसैलाई साथ काम लाग्छ !
********
जङ्गलको छेऊ पर्यो त पर्यो
बाँदरले भत्कायो त भत्कायो
सर्प, बारूला, वा अरिङ्गाल छिर्यो त छिर्यो
तर घर त बनाउनै पर्यो ।
*********
तिमीसँग भाँडो थियो
पकाउने चुलो थियो
पकाउनलाई खानेकुराहरू थिए
डाडुपन्यु, चम्ची, प्लेट सबै थिए
तर
तिमीले न त केही पकायौ
न कसैलाई केही खुवायौ
न आफ्ना लागि,
न त अरूका लागि
आज
कसैले उठाएर लग्यो
त्यसै लडेर रहेका भाँडाकुँडा,
लग्यो त लग्यो !
तिमी छट्पटाइरहेछौ
तर किन?
मैले बुझ्न सकेको छैन ।
*******
प्वाँख टालटुल गरेर
मैनले
बनायो पखेटा
अनि
उड्यो इकारस
सिधै सूर्यतिर !
********
Surely, my friend
Convinced am I:
A frog croaks
From a dirty, damp ground;
And a stray dog
Has no luck
To bark from a cozy parlour !
*********
मात्र निधारको कोठीलाई हेरेर
तिमीले
मेरो पूरा शरीरको
नक्शा उतार्न खोज्यौ
मैले पनि
आवरण उतारी उतारी
कहाँ के थियो देखाउन चाहिनँ
अब
तिमी नै जान
नक्शा पूरा भयो कि भएन
*********
कुलो खन्नेहरूले
जान्नु पर्छ,
पानी सँगसँगै
माछा, भ्यागुता
अनि
विषालु सर्पहरू
खेतमा छिर्न सक्छन् ।
*******
"आफैँ लेखेर बन्न खोजेँ
सकिनँ
अर्काले आधा लेखेको टुक्रामा आफ्नो कुरा थपेर बन्न खोजेँ
सकिनँ
कसैले लेखेको आफ्नै हो भनेर बन्न खोजेँ
सकिनँ
यही भएर साथी
म कवि बन्न सक्दै सकिनँ !"
ताप दिन्छ
राप दिन्छ
छोए हुन्छ
तापे हुन्छ ।
अलङ्कार आगो हो,
मात्तिएको ज्वालाजस्तो
परैबाट पोल्ने,
रापिएको भुङ्ग्रोजस्तो
पर बसे ताप दिने
नजिक गए राप दिने ।
म त कविताहरू छरपष्ट छोड्ने गर्छु
तिमी तिनलाई ताप या छोऊ,
म अलङ्कारहरूको ओइरो लगाइदिन्छु
तिमी तिनलाई हेर मात्र या हुँडल,
सुख मिले तिम्रै
दु:ख मिले पनि तिम्रै ।
*******
स्यालसँग साझेदारीको शर्तमा
चिलले चल्ला टिपेर उड्यो
के स्याललाई
आफ्नो अंश मिल्ला त ?
********
वेफ्वाँकमा थपडी धेरै ठोक्नेको
न हात काम लाग्छ
न जात काम लाग्छ
न त कसैलाई साथ काम लाग्छ !
********
जङ्गलको छेऊ पर्यो त पर्यो
बाँदरले भत्कायो त भत्कायो
सर्प, बारूला, वा अरिङ्गाल छिर्यो त छिर्यो
तर घर त बनाउनै पर्यो ।
*********
तिमीसँग भाँडो थियो
पकाउने चुलो थियो
पकाउनलाई खानेकुराहरू थिए
डाडुपन्यु, चम्ची, प्लेट सबै थिए
तर
तिमीले न त केही पकायौ
न कसैलाई केही खुवायौ
न आफ्ना लागि,
न त अरूका लागि
आज
कसैले उठाएर लग्यो
त्यसै लडेर रहेका भाँडाकुँडा,
लग्यो त लग्यो !
तिमी छट्पटाइरहेछौ
तर किन?
मैले बुझ्न सकेको छैन ।
*******
प्वाँख टालटुल गरेर
मैनले
बनायो पखेटा
अनि
उड्यो इकारस
सिधै सूर्यतिर !
********
Surely, my friend
Convinced am I:
A frog croaks
From a dirty, damp ground;
And a stray dog
Has no luck
To bark from a cozy parlour !
*********
मात्र निधारको कोठीलाई हेरेर
तिमीले
मेरो पूरा शरीरको
नक्शा उतार्न खोज्यौ
मैले पनि
आवरण उतारी उतारी
कहाँ के थियो देखाउन चाहिनँ
अब
तिमी नै जान
नक्शा पूरा भयो कि भएन
*********
कुलो खन्नेहरूले
जान्नु पर्छ,
पानी सँगसँगै
माछा, भ्यागुता
अनि
विषालु सर्पहरू
खेतमा छिर्न सक्छन् ।
*******
"आफैँ लेखेर बन्न खोजेँ
सकिनँ
अर्काले आधा लेखेको टुक्रामा आफ्नो कुरा थपेर बन्न खोजेँ
सकिनँ
कसैले लेखेको आफ्नै हो भनेर बन्न खोजेँ
सकिनँ
यही भएर साथी
म कवि बन्न सक्दै सकिनँ !"
No comments:
Post a Comment