चाड मनाउन घरमा ल्याएको मासु
सुटुक्क स्याललाई पैँचो पुर्याउने तिमी,
सानो बच्चाको लागि बचाएको दूध
लुसुक्क ढाडेलाई टक्रयाउने तिमी,
कलिलो बाछोलाई भनी साँचेको घाँस
कागलाई गुँड बनाउन दिने तिमी,
परेवाका लागि राखेको कनिका
मुसालाई बक्सिस दिने तिमी ।
यति धेरै दानी
यति धेरै ज्ञानी तिमी,
अनि
दुनियाँले लत्यायो भनेर,
एक्ल्यायो भनेर,
तिंमीमै छट्पटाहट किन !
स्याल, ढाडे, काग, मुसाले पनि
तिमीलाई छोडिसके र?
सुटुक्क स्याललाई पैँचो पुर्याउने तिमी,
सानो बच्चाको लागि बचाएको दूध
लुसुक्क ढाडेलाई टक्रयाउने तिमी,
कलिलो बाछोलाई भनी साँचेको घाँस
कागलाई गुँड बनाउन दिने तिमी,
परेवाका लागि राखेको कनिका
मुसालाई बक्सिस दिने तिमी ।
यति धेरै दानी
यति धेरै ज्ञानी तिमी,
अनि
दुनियाँले लत्यायो भनेर,
एक्ल्यायो भनेर,
तिंमीमै छट्पटाहट किन !
स्याल, ढाडे, काग, मुसाले पनि
तिमीलाई छोडिसके र?
No comments:
Post a Comment