म छोड्दैछु
छोड्न चाहन्छु
बोल्न
काँडाहरूको बारेमा
चोकेहरूको बारेमा
छिर्केहरूको बारेमा ।
कथा तिमीले सुन्यौ
अरूले पनि सुने
पिडाको बोझ घट्दैछ
घट्नेछ
र पूरै हट्नेछ ।
यत्ति हो
जबसम्म
टट्टाइरहन्छ खत
मन खुल्दिन्छ
आँखा खुल्दिन्छ
अनि
मुख खुल्न खोज्छ !
जब
तिमी नजिक हुँदैनौ
सुन्नलाई,
मात्र हुन्छन्
खुलेको मन
खुलेका आँखा,
शब्दै-शब्द
कथै-कथा
उकुसमुकुस !
तर
त्यो उकुसमुकुसलाई थिचेर
म आफूलाई
फेरि एकपटक
महान बनाउन खोज्दैछु ।
त्यसैले
मलाई बिर्सिन देऊ
हिजो, अस्ति
दुखेको अतीत, सबै,
हराउन देऊ खतहरू !
छोड्न चाहन्छु
बोल्न
काँडाहरूको बारेमा
चोकेहरूको बारेमा
छिर्केहरूको बारेमा ।
कथा तिमीले सुन्यौ
अरूले पनि सुने
पिडाको बोझ घट्दैछ
घट्नेछ
र पूरै हट्नेछ ।
यत्ति हो
जबसम्म
टट्टाइरहन्छ खत
मन खुल्दिन्छ
आँखा खुल्दिन्छ
अनि
मुख खुल्न खोज्छ !
जब
तिमी नजिक हुँदैनौ
सुन्नलाई,
मात्र हुन्छन्
खुलेको मन
खुलेका आँखा,
शब्दै-शब्द
कथै-कथा
उकुसमुकुस !
तर
त्यो उकुसमुकुसलाई थिचेर
म आफूलाई
फेरि एकपटक
महान बनाउन खोज्दैछु ।
त्यसैले
मलाई बिर्सिन देऊ
हिजो, अस्ति
दुखेको अतीत, सबै,
हराउन देऊ खतहरू !
No comments:
Post a Comment