पटक-पटक निस्किन खोज्छु
घरबाट,
प्रियसी र छोराहरू सोध्छन् – “किन??”
बुबा-आमा, दाजुभाइ, इष्टमित्र सोध्छन् – “किन??”
हरेक पटक पाइला टक्क अडिन्छन्,
थचक्क बस्छु, र सोच्न थाल्छु – “किन????”
माया गर्नेहरूले रोक्छन्
जुवा खेल्नबाट,
माया गर्नेहरूले नै रोक्छन्
दाउ लाग्नबाट ।
मलाई जुवा खेल्न मन छैन
दाउ लाग्न पनि मन छैन ।
मात्र मन छ
दाउ नलागी राम्रो काम गर्न ।
तर कहिले आउला
यो “किन???” को उत्तर !!!
घरबाट,
प्रियसी र छोराहरू सोध्छन् – “किन??”
बुबा-आमा, दाजुभाइ, इष्टमित्र सोध्छन् – “किन??”
हरेक पटक पाइला टक्क अडिन्छन्,
थचक्क बस्छु, र सोच्न थाल्छु – “किन????”
माया गर्नेहरूले रोक्छन्
जुवा खेल्नबाट,
माया गर्नेहरूले नै रोक्छन्
दाउ लाग्नबाट ।
मलाई जुवा खेल्न मन छैन
दाउ लाग्न पनि मन छैन ।
मात्र मन छ
दाउ नलागी राम्रो काम गर्न ।
तर कहिले आउला
यो “किन???” को उत्तर !!!
No comments:
Post a Comment