Tuesday, July 08, 2014

Facebook Fragments V



तल खाल्डो तिमीले खन्यौ
माथिसम्म कुलो उसले खन्यो
फलानोले स्वाट्ट पानी खोलिदियो !

अब पानीसँग माछा
माछासँगै
गोही, सर्प, भ्यात्लुङ्, खजुर‍ो छिर्छन्,
अनि कुलोमा ढडिया थाप्ने
र खाल्डोमा बल्छी हान्नेहरूको
भिड बढ्न सक्छ ।

अब के गर्ने त !
नहुनु थियो भइहाल्यो
सकिन्छ भने
मुहानमा जाली लगाऊ !


---

आफ्नो सभासद र मन्त्री बन्ने पालो आ'को छैन
अख्तियारमा मुद्दाको छिनोफानो भा’को छैन
छोराले अम्रिकाको भिसा पा’को छैन
अरु त अरु
घर छेवैको फोहोरको डङ्गुर सरकारले उठा’को छैन

खै यो देश के बन्ला र !


---

Whole night,
Dogs bark around my house;
Whole day,
Dogs make shows in my courtyard.

It's something only for those
Who understand dogs' language
And identify with dogs' antics !


---

A bad carpenter,
In the pomp of perfection
Hammers his own toes.


---

लोकतन्त्र दिवस

आजको दिन
केही पाएको भन्दा पनि
कसैलाई धपाएको कुरा
हामी सम्झिने गर्छौँ !



--- 

I remember you.

Not because you gave pains to me
Nor because I gave pains to you

But because I was there
When you needed someone to endorse your enthusiasm,
And you were there
When I needed someone to share life's newfound zeals.

And because we gave each other
many moments of bickering and laughter.

You must remember me
For the same reasons I remember you !
 

No comments: