Saturday, July 25, 2020

फूर्ति



मैले नगाए दिनरात
कति निरस हुन्थ्यो यो धर्ती
मेरो नै सिको गरेर अहिले
फूर्ति लाउँछ त्यो मान्छे

यसै भन्दो हो झ्याउँकिरी

मैले नटर्टराए दिनरात
कति सुक्खा हुन्थ्यो यो धर्ती
मेरो मिहेनतमा गिर खेलेर
फूर्ति लाउँछ त्यो मान्छे

यसै भन्दो हो भ्यागुतो

म नकराए बिहान बेलुकी
कति लाटो हुन्थ्यो बबुरो
मेरो दीक्षाले बाटो भएर
फूर्ति लाउँछ त्यो मान्छे

यसै भन्दो हो काग

म नभुके रातभरि
टाट पल्टिन्थ्यो उहिल्यै
मेरो सुरक्षामा उँभो लागेर
फूर्ति लाउँछ त्यो मान्छे

यसै भन्दो हो कुकुर

मैले दया गर्दै नगरे
कहाँ रहन्थ्यो यो धर्ती?
मेरो कृपामा बाँच्न पाएर
फूर्ति लाउँछन् यी भातमाराहरू !

यसै भनिरहन्छ मान्छे

No comments: