Saturday, July 25, 2020

चर्चामा नआएको पात्र



धरहरा ठडिएपछि
फेदबाट माथि हेर्ने पहिलो व्यक्तिले
भनेथ्यो होला दावीका साथ:
"कसका लागि बनाको होला
यो सुइरोजस्तो घर,
मान्छे त खुस्केट नै हो भिमसेन !"

धरहराको टुप्पोमा पुगेर
वरपर हेर्ने पहिलो व्यक्तिले पनि
भनेथ्यो होला दावीका साथ:
"वाह ! क्यै नबुझी किन बनाउँथ्यो
यो सुइरोजस्तो घर,
मान्छे त वुद्धिमान् नै हो यो भिमसेन !"

भिमसेनको चर्चा खूब भयो
धरहराको चर्चा खूब भयो
दुबैको इतिहास लेखियो,
अझ दु-दुई पटक भत्काइदिने
भुइँचालोको इतिहास लेखियो

ठिकै त थियो होला नि
त्यो 'खुस्केट' भन्ने व्यक्ति पनि,
न उसको कहिल्यै चर्चा भो
न इतिहास नै लेखियो !

No comments: