Saturday, July 25, 2020

होस् गर है

सुन्दैछु,
तिमी अरिङ्गालको गोलो
रुमालमा पोको पारेर
म तिर आउँदैछौ रे !

थाहा छ?
म त खेलेर हुर्केको
अरिङ्गाल, बारुलो र भिरमौरीहरूसँगै,
म त झेलेर आएको
तीभन्दा बिषालु र रिसाहा जन्तुहरू ।

थाहा छ?
अरिंगाल कोसँग रिसाएको छ? 

धान्न सक्छौ यो दोहोरो दुष्मनि ?
होस् गर !

No comments: