Saturday, July 25, 2020

लागो

अलिकति गन्हाएको नै थियो धुवाँ
बुझ्नेले बारम्बार भनेथे जोडजोडले
त्यो भुसभित्र बढिरहेको आगो थियो

सुँघ्नेले सुँघेका र सुन्नेले सुनेकैथे होलान्
तानेर बाहिर हुत्याउन खोजेझैँ पनि लाग्थ्यो
तर त्यहाँ पनि छिनिसकेको धागो थियो
उकुसमुकुस तापमाथि या फैलिएको रापमाथि
चल्ने विकल्प यत्ति थियो र थलिनु थियो एकदिन
ठाने कतिले थकान जुन झाँक्री चाहिने लागो थियो

No comments: