Saturday, July 25, 2020

Facebook Fragments XX

Perhaps
Going deaf and dumb
Is a greater boon
Than having to live
In endless cacophony
---

इतिहासका नायकहरूमा
भाउ खोज्ने भन्दा
दाउ छोप्नेहरू
बढी छन् !
---
भगवान
तिमी आफैँ देखाइदेऊ
रिट्ठोलाई गिट्ठो बनाएर
धरोधर्म
जीवनभरि हर दिन
तिम्रो पूजा गर्नेछु
---

जुल्फीमा समातेर
घ्वाईं घ्वाईं पारेर
'मान्छु मान्छु दुहाइ'
भन्ने पारेको होइन
उसबेला मलाई?
लौजा अब त
कपालै खुइल्याइदिन्छु
टक्लु बन्छु
र हेर्छु म पनि
कसले गर्दो रैछ तिम्रो काम !
---
I should be only partially
Blamed for confusing the world
This is all because my mentors
Have confused me all these years
---

If I cannot change,
I can at least improvise;
You know how remixes work?
---

पैँचो पाऊँ न हजुर
अलिकति राम्रा शब्दहरू
खै म त चूप बस्नै पो सकिनँ !
---
सहरमा कुनै हरूवाको
अरण्यरोदन जारी छ
सुकाउँदैछ शहरकै धुवाँले
उसको गोही-अश्रु
रुने रुँदै गर्छ
हुने हुँदै गर्छ
लौ साथी तिमी र म
केही सार्थक गन्थन गरौँ
---
ठुल्ठुला दर्शनहरू
आफैँ ओहोरदोहोर गर्दैनन्
मान्छेले नै ओसारपसार गर्नुपर्छ
---

You claim credits
For the big things you do,
I claim the same
For all the little things I do,
Because in my little world
All little things matter.
---

आइभोरी टावरबाट
हुत्याइएको धुलो
जमीनमा रहनेहरूको
आँखामा पर्छ
दोष हावाले पाउँछ
---

हरेक स्यालको हुइयाँमा
निद्राबाट ब्युँझिने हो भने
कसरी बाँच्छ मान्छे कोलाहलमा?
---

हरेक पेशामा कम्तीमा एउटा
धुन्दुकारी छिरेको हुन्छ
अरूलाई त के गर्ला र त्यसले
आफ्नालाई चैँ खूब पिरेको हुन्छ
---
जति सिंगारपटार गरिदिए पनि
बिरालोले म्याउँ गर्न छोड्दैन,
मैले बुझेको कुरा यही हो लौजा !
---
पौँठेजोरी खेलेर
मजस्तो छुद्रसँग
नघटाऊ कद
हे महामानव !

No comments: