Saturday, July 25, 2020

Facebook Fragments XV

भुत्लो छोएर
शरीरको नाप जान्नेलाई
कि जिनियस भनिन्छ
कि त ल्युनाटिक !
---
कति भाग्यमानी
मजस्ता सर्वसाधारण बुज्रुगहरू
घरमा लुकीलुकी डराउन पाइया छ
घरमा लुकैरै मस्त कराउन पाइया छ
थुतुनोले चल्ने भए मैदानमा आइन्थ्यो यदाकदा
काम गर्नेको खोट गन्दै बर्बराउन पाइया छ
---
गर्न थाल्यो होला मनुष्यले
देखेजति जीवहरूको शिकार
मनुष्य भएको चेत हुनुअघि नै
तर कहिले थाहा पायो होला मनुष्यले
आफू पनि शिकार भइरहेको
उसले नदेख्ने असंख्य जीवहरूबाट?
---
उता सपनाको देशमै पनि त
कि माथि पुग्थ्यौ होला
कि घरमै लुक्थ्यौ होला

यता आफ्नो जन्मभूमीमा
आजसम्म सकुशल छौ गर्व गर
सुहाउँदैन ल्याङ्-ल्याङ् शर्म गर


No comments: