पाँच वर्षअघि विश्वास भएन
आफूले दुःखले बनाएको घरको
पहिले घर छोड्यौँ अनि भाग्यौँ
एक शब्द नसोधी शहरलाई
अहिले विश्वास भएन
आफ्नै शरीर अनि शहरको
र भाग्दैछौँ एकपटक फेरि
एक शब्द नसोधी घरलाई
---
सुन्नमा आयो
हाम्रा आफ्नाहरू नै
कालाबजारी गर्दैछन्
कालको पक्षमा
अनि सोच्दैछु,
के योजना बन्दै होला
कालको तर्फबाट
उनीहरूको पक्षमा !
---
आफूलाई सहज पर्दा भन्छ,
यो ब्रम्हाण्डको मालिक मै हुँ
दुनियाँले तर्साउन थाले भन्छ,
म एउटा शरीरमात्र त हो नि,
कति लचिलो छ हइ मान्छे?
---
सक्नेभन्दा बढी दिन खोज्दा होइन
पाउनेभन्दा बढी लिन खोज्दा
गरीब बन्छ मान्छे
---
मौरी बिनाको रानो बन्न सिकिएन
खाँबो मक्किएको छानो बन्न सिकिएन
के गर्ने महोदय बानी यस्तै बस्यो
पिँध खुस्केको मानो बन्न सिकिएन
---
Many humans rot as cynics
And the world counts them
As regular cases of misfortune
As regular cases of misfortune
---
It is not very important
How tall or short you are;
What counts around here is
How you maintain your height!
---
Put me in a showcase
Or under the soil
For I began to show
Signs of fossilization
For I began to show
Signs of fossilization
---
काम गर्दागर्दै
कामकै लागि
झगडा गर्नु परेपछि
काम छोडेरै
झगडा गर्छ मान्छे
No comments:
Post a Comment