Saturday, July 25, 2020

Facebook Fragments XIX

लेखाजोखा छैन तिमीलाई
आफ्नै जीवनका ठेसहरूको,
भरसक कोशिश नगरे राम्रो
मेरा शब्दहरूसँग ठोक्किन
---
आफूलेमात्र ताप्न फुकेको आगो होला
दाउरा पनि सुकेकै हाल है महोदय,
पोचिएको चिसो पर्यो भने
सास्ती हुन्छ छिमेकीलाई !
---
समय बलवान होस् नहोस्
मैले छोडेको साँढेले कुनै दिन
मलाई नै हान्दैन भन्ने छैन,
मैले ल्याएको परिवर्तनमा
बहिस्कृत मै हुनसक्छु !
---
यो मुलुकमा अब
अपजश लिन नचाहनेहरूबीच
सघन प्रतिस्पर्धा गराई
विजेतालाई पुरस्कृत गर्ने
विशेष व्यवस्था हुनुपर्छ
---
म Fiction मान्दिनँ
Fact पनि मान्दिनँ
अरू केही बाँकी भए
बेलैमा भनिदिनु होला
---
नगरे कै राम्रो
मान्छेको देवत्वकरण,
ग्यारेन्टी नै हुँदैन
कुन बेला बनिदिने हो
छेपारो, बिरालो वा गोही,
वेकारको टेन्सन !
---
भाँचिएको मन
बढी खतरनाक हुन्छ
भाँडिएको मनभन्दा
--
मान्छे न हो महोदय ऊ पनि
आफ्नो हिसाबको कद खोज्छ
बढ्ने सम्भावनाको हेक्का हुँदा
चेपिएर रहनुको हद खोज्छ
---
सिँचाइको बारेमा
भाषण त ठोक्नु भएछ
तर अन्तर नै खुलेन रे
फोका र मूल बीचको

No comments: