Saturday, July 25, 2020

Facebook Fragments XVIII

No matter
Whether you staggered
Or I stretched them to your way,
The point is
You stepped on my toes!
---
कसैको भक्ति वा घृणामा
परिभाषित पहिचान
पानीको फोका हो
---
If you lose interest
In the axe falling to your toes,
What can anyone do about this?
---
कुनै कुनै पगरी
पलपल बिझाउँछ
तर कुरा नबुझेरै होला
टाउकोलाई दोष दिइन्छ
---
जब पानीको थोपा खसाल्दा
जमिनमा झिल्का उठेको देखिन्छ
तब थाहा हुन्छ खडेरीको अर्थ
---
कतिपय सम्बन्धहरू
असारे बजेटले टालटुल गरेका
भित्री सडकजस्तै हुन्छन्
---
म केका लागि हासौँ,
आफ्नो धोती नखुस्केकोमा
वा उसको खुस्केकोमा?
---
If someday
You mishandle the hammer
And happen to hammer
Your own head,
Who will you hate?
---
मैंले देखेको आधा सत्य
र तिमीले देखेको आधाले
पूरा सत्य बन्दैन मित्र
अपार छ दुनियाँ
अनि अपुरो हाम्रो समझ
सोचलाई सत्य भनी
दुनियाँलाई घोकाउने कोशिश नगर
---
हुनु पर्ने
'दूधको पानी
पानीको दूध'
पुरानो टुक्का
उल्टो रहेछ
---
सडक प्रगतिशील छ
र लगभग सदन पनि,
दुबैको सक्रियतामा हुन्छ परिवर्तन,
तर जब सदन सडकमा ओर्लिन्छ
वा सडक सदनतिर उक्लिन्छ,
परिवर्तनको संकेत नमिल्दै
भाँडभैलो शुरु हुन्छ ।

No comments: