Monday, December 13, 2021

Facebook Fragments XXI


If I begin someday
To realize a transition
From passionate involvement
To disinterested performativity,
Will I need a new form of inducement?
Or will I have attained enlightenment?
---

माउसुलीको अनुयायी भएपछि
एक न एक दिन हात लाग्ने
शायद पुच्छर नै हो!
---

किन हो किन मलाई त
घुर्क्याउनेहरू भन्दा फुर्क्याउनेहरू
बढी खतरनाक लाग्छन् हिजोआज
---

Some people leave their baby
In bath-water,
Some lose their baby
In bath-water,
Most others throw their baby
With bath-water;
All that matters is
How you handle the bath-water!
---

भुकेर खाने
ढुकेर खाने
लुकेर खाने
थुकेर खाने
झुकेर खाने
फुकेर खाने
सुकेर खाने
यसरी पनि हुन्छ
वर्ग विभाजन !
---

टुप्पीले छेड्ने टोपी
टोपीले खुइल्याउने टुप्पी,
दुबैबाट टाढा रहनु ठीक होला !

---
Practicality shocks you,
Pedantry sucks me;
Where on earth, monsieur,
Lies the meeting point?

---
इकारस बन्ने इच्छा गरेछौ मित्र,
ल शुभकामना छ,
तर घामसित कुरा भयो त?
---

हतार-हतारमा घर बनाउँदा
पिठारीको खाँबो पनि पर्न सक्छ
गुनासो गर्ने अधिकार घरलाईमात्र !
---

हम तो गधे हैँ हुजूर
हम से लडके
अपना कद छोटा मत करो,
हमेँ यह जमिन हि बहुत है
आसमान के सपने दिखाके
हमारी किस्मत खोटा मत करो !
---

केही फरक छ,
ढोका फोरेर लुट्ने पराइ
र धोका दिएर लुक्ने आफन्तमा?
---

हावा पनि आको हो
कुचो पनि लाको हो
तिमी नै जान भगवान
खासमा के भाको हो
---

फेसबुक र ऐना
उस्तै-उस्तै रैछन्,
चाउरी परेको अनुहार
मिलाइदिएको भान हुने
अनि हेरिरहुँ लागिरहने
---

मूलढोकाबाट छिर्नुमा
फाइदा नदेख्नेहरूले
पर्खाल निर्माणको क्रममा
अवरोध खडा गर्ने गर्छन्
---

Who doesn't know
that humaleons are
less complex
than chameleons?
---

It took me years to realize:
In the name of performing humanity
One is likely to preserve baboons
And promote deception!
---

इतिहास
बारम्बार सम्झिने होइन
कहिलेकाहीँ सम्झाउने‌ कुरा हो
---

के गर्ने होला हजुर यहाँ
माथि बस्ने रहरको नशाभन्दा
तल खस्ने डरको दशा ठूलो छ
---

दृश्यसँगको दुष्मनीले होइन
मैंले लेख्ने कुरा देख्न छोडेको,
शब्दको वेइमानीले पनि होइन
देखेको कुरा लेख्न छोडेको ।

No comments: