Thursday, December 18, 2025

सत्य-तथ्य

 

मलाई सत्यसँग होइन
तथ्यसँग डर लाग्छ,
सामर्थ्य छैन मसँग
तथ्यहरूको भारी थेग्ने

तर मलाई थाहा छ,
कतिपय आवाजहरू
मकहाँ आइ नपुगी
उडेकाछन् हावामा बिचैबाट,
कतिपय दृश्यहरू
मेरो दृष्टिमा पर्नुअघि नै
अलप भएका छन् कतै

म त यत्ति चाहन्छु,
यो शिलशिला चलिरहोस्
निरन्तर म बाँचुञ्जेल,
म तथ्यहरूको झाडीमा
फस्नु नपरोस् कहिल्यै,
अरूसँगै, एक्लै !
 

No comments: