Sunday, December 21, 2025

देश


मनपरी गर्न नपाउँदा जताततै
रिस उठ्छ तिमीलाई
आफूखुसी चर्न नपाउँदा जहाँतहाँ
भक्‍कानु फुट्छ तिमीलाई

तिम्रै त हो यो देश, महोदय, तर
तिम्रो भान्सा मुन्तिरको रछ्यान होइन,
अरूको पनि उस्तै छ हिस्सा यहाँ
तिमीमात्र ढलीमली गर्ने ओछ्यान होइन !

[अक्षरहरूको बिस्कुन बाट]

No comments: