"Metaphors I Live By"
कविता कोरेर मेरो
झोलाभरि मनी होस्
यो मैले ठानेको छैन,
मेरा बग्रेल्ति कविता चोरेर
अरू कोही धनी होस्
यो पनि मानेको छैन,
मैले कवितालाई कहिल्यै
कागजमा कैद गरिनँ,
कहिल्यै सम्पत्ति ठानिनँ,
यो भूल हो कि पागलपन
आजसम्म जानेको छैन!
Post a Comment
No comments:
Post a Comment