देख्नुभयो होला रामराज्य,
अनि सुन्नुभयो होला कथा,
बाँदरले सेतु बनाएको,
पुच्छरले लङ्का डढाएको
तर, बडिबा
त्यो त त्रेतायुग थियो
अनि सुन्नुभयो होला कथा,
बाँदरले सेतु बनाएको,
पुच्छरले लङ्का डढाएको
तर, बडिबा
त्यो त त्रेतायुग थियो
---
हैट्
देशलाई
भतिजा होइन
नतिजा चाहिएको
हो !
---
उचालिएको मन
पछारिएको तन,
छट्पटिको
मात्रा
शायद बराबर
हुन्छ!
---
न पोका दिएर
माग्न जानियो
न धोका दिएर
भाग्न जानियो
लत बस्यो
बालुवामा खुसी रोप्ने
जे फल्यो त्यही
सर्वस्व ठानियो
---
गृहस्थबाट
वाक्कदिक्क होइन म
वानप्रस्थ
उन्मुख पनि छैन म
तर मोह बाँकी छ
स्वतन्त्रताको
कारावासको
आवेदन दिन गइनँ म
No comments:
Post a Comment