मेरो समय मेरो मुट्ठीमा छ
मैले यसको भरपुर उपयोग
अझ भनौं शोषण गरेको छु,
म यही ठान्थें
र अझै पनि ठान्छु
तर थाहा छ?
त्यही मुठ्ठीमा कैद समयले
मेरो आफन्त खाएको छ
समाज खाएको छ
परिवारको खुसी खाएको छ
संकल्प खाएको छ
विकल्प खाएको छ
कल्पना खाएको छ
सपना खाएको छ
विपना खाएको छ !
तर म पनि के कम छु र,
त्यही मुठ्ठीमा कैद समयलाई
जीवनभरको कमाइ ठानी
लतार्दैछु जिन्दगीलाई
घडीको टिकटिक सँगै
हरदिन, हरपल!
No comments:
Post a Comment