Thursday, December 18, 2025

सन्तुष्टि

घर चलाउन एकदुई जना
संस्था चलाउन एकदुई दर्जन
सरकार चलाउन केही सय
व्यवस्था चलाउन केही हजार
समाज चलाउन केही लाख
सभ्यता चलाउन करोडौं
म तिनै करोडौं मध्येको एक
यति सानो हुन पाएकोमा
मलाई सुख छ
सन्तुष्टि छ

No comments: