खरानीगाउँ पुगेर खरानीलाई सोधेँ,
"डढेलो कसले लगायो?"
"म हुन जे हुनु पर्ने हो भयो, तँलाई केको खसखस?"
उसले यसरी थर्कायो!
म पतिंगरटोल गएँ र बचेखुचेका पतिंगरलाई सोधेँ,
"हाम्रो जल्ने काम हो जल्यौं, आगोलाई सोध!"
उनीहरूले यही भनेर मलाई भगाए!
"मेरो जलाउने काम हो जलाएँ, सलाइलाई सोध!"
आगोले पनि यसरी टक्टक्यायो!
म सलाइबस्ती पुगेँ र रित्ता बट्टाहरूलाई सोधेँ,
"आगो कसले झोस्यो?"
"खै हजुर, आजकल सबै मुकुण्डो भिरेर हिँड्छन्!"
सलाइको जवाफ पनि यस्तो रह्यो!
No comments:
Post a Comment