साँच्ची हामीलाई देश चाहिन्छ?
ए चाहिन्छ भने किन चाहिन्छ?
चाहिदैन भने किन चाहिदैन?
देश भनेको भूगोल हो?
वा भूगोल जनाउने नक्शा हो?
कि देश भनेको जनता पनि हो?
अनि जनता भनेको जो कोही हो?
कि युवा पनि हो?
अनि युवा भनेको फेरि को हो?
हैट्, महोदय
तपाईंलाई रिस नै उठिसक्यो होला !
---
साथी त यस्तो मिलोस् जीवनमा,
हातमा विषको प्याला थमाएर
भनि देओस् विश्वासका साथ:
"तुइँक्याइदे स्वाट्टै नडराई
म हुञ्जेल तँलाई केही हुन्न!"
---
थिङथिलो भइसकेको शरीरका लागि
हातमा थमाइदिएर ठाँटका साथ
आइटिन झार र सिवजल गोली
भन्यो झारफुके काइँलाले:
"यो दल्दै गर्नू, मरेपछि च्वाट्टै निको हुन्छ,
निको नभए अर्को उपाय गरौँला"
---
माइण्ड (न)गर्नुहोला
म आफूलाई चित्त (न)बुझ्दा
तपाईंलाई चित्त (न)बुझ्ने कुरा गर्छु
ए चाहिन्छ भने किन चाहिन्छ?
चाहिदैन भने किन चाहिदैन?
देश भनेको भूगोल हो?
वा भूगोल जनाउने नक्शा हो?
कि देश भनेको जनता पनि हो?
अनि जनता भनेको जो कोही हो?
कि युवा पनि हो?
अनि युवा भनेको फेरि को हो?
हैट्, महोदय
तपाईंलाई रिस नै उठिसक्यो होला !
---
साथी त यस्तो मिलोस् जीवनमा,
हातमा विषको प्याला थमाएर
भनि देओस् विश्वासका साथ:
"तुइँक्याइदे स्वाट्टै नडराई
म हुञ्जेल तँलाई केही हुन्न!"
---
थिङथिलो भइसकेको शरीरका लागि
हातमा थमाइदिएर ठाँटका साथ
आइटिन झार र सिवजल गोली
भन्यो झारफुके काइँलाले:
"यो दल्दै गर्नू, मरेपछि च्वाट्टै निको हुन्छ,
निको नभए अर्को उपाय गरौँला"
---
माइण्ड (न)गर्नुहोला
म आफूलाई चित्त (न)बुझ्दा
तपाईंलाई चित्त (न)बुझ्ने कुरा गर्छु
No comments:
Post a Comment