आफूलाई त
हाँसो आइरा'छ,
न पाउनु छ क्यै,
न गुमाउनु छ क्यै,
जसको लूतो
उसकै कन्याइ,
बडो अचम्मको
मज्जा लाइरा'छ! ---
बाउबाजेले
छिमेकीलाई देखाउन
गाउँ छोडेका रे,
नाति-नातिना पनि
छिमेकीलाई देखाउन
लौ न हजुर
छिमेकीलाई नै केही भन्नु परो !
---
भन्दै अयोग्य नहिँड कसैलाई
पुष्ट्याउने जोस मिल्छ उसैलाई
गर्दैमा दाबी न कसैले मान्छ
बन्दैमा हावी न त योग्य ठान्छ
अयोग्य देख्ने कसी हुन्छ कस्तो प्रमाण लेख्ने मसी हुन्छ कस्तो
योग्य-अयोग्य खेल खूब जाली
न मिल्छ धाप न त बज्छ ताली
---
नानीबाबू हो
बसेर कुरा गरौं
यदि एउटै हो भने
तिमीले पढ्न जान
र मैले पढाउन चाहेको
यो धर्तीको त्यो विश्वविद्यालय ---
व्यस्त छु
अस्तव्यस्त छु
यसैमा अभ्यस्त छु
यसैकारण मस्त छु
No comments:
Post a Comment