Thursday, January 22, 2026

सानो चित्त

लोभ अट्छ
लाभ अट्छ
ईख अट्छ
आकांक्षा अट्छ
आरिस अट्छ
अनुराग अट्छ
चिन्ता अट्छ
चिन्तन अट्छ

सबैथोक अट्छ
यो सानो चित्तमा
तर अचम्म
साथ अट्दैन
सम्बन्ध अट्दैन
सहभाव अट्दैन
अरूको चित्तको
सरोकार अट्दैन!



No comments: