कोही सौताका रिसले
पोइको काखमा हग्छन्,
कोही भने पोइका रिसले
सौतासँग साँठगाँठ गर्छन्:
यसबाट लघुकथा बन्छ ।
कोही चलिरहेको डुंगामा
देखादेखी सानो छिद्रबाट
बनाउँछन् ठूलो भ्वाङ्
अनि डुब्छन् अरूसँगै,
कोही भने त्यस्तो छिद्रलाई
देखादेखी सानो छिद्रबाट
बनाउँछन् ठूलो भ्वाङ्
अनि डुब्छन् अरूसँगै,
कोही भने त्यस्तो छिद्रलाई
टालि दिन्छन् चूपचाप
अनि बच्छन् अरूसँगै:
अनि बच्छन् अरूसँगै:
यसबाट महाकाव्य बन्छ !
No comments:
Post a Comment