दल यतै छन्
उम्नेद्वार यतै छन्मतदाता यतै छन्
कार्यकर्ता यतै छन्
समर्थक यतै छन्
यतै चल्दैछ प्रचार-प्रसार
यतै छन् झण्डा
यतै छन् जुलुस
यतै छन् आमसभा
यतै छन् भाषण
यतै छ नाचगान
यतै छ नाटक
यतै छ चटक
टोल यतै छ
बस्ती यतै छ
गाउँ यतै छ
शहर यतै छ
प्रदेश यतै छ
शहर यतै छ
प्रदेश यतै छ
देश यतै छ
विश्व यतै छ
यतै ल्याएपछि सबथोक
हे जुकरबर्ग भतिज
लौ न मिलाइ देऊ मेलोमेसो
यतै कतैबाट छ्यास्स भोट खसाल्ने
रहिरहे तिम्रो निगाहा
पछि संसद यतै चलाउँला
यतै बनाउँला सरकार
यतै चलाउँला देश
यतै रचौंला नयाँ इतिहास
हुन्न र!
विश्व यतै छ
यतै ल्याएपछि सबथोक
हे जुकरबर्ग भतिज
लौ न मिलाइ देऊ मेलोमेसो
यतै कतैबाट छ्यास्स भोट खसाल्ने
रहिरहे तिम्रो निगाहा
पछि संसद यतै चलाउँला
यतै बनाउँला सरकार
यतै चलाउँला देश
यतै रचौंला नयाँ इतिहास
हुन्न र!
No comments:
Post a Comment