Monday, February 02, 2026

लौ न हजुर!

यो भूमण्डलको 
कुन खण्डमा पुगेर
कुन ठोस पदार्थ खाँदा
कुन तरल पदार्थ पिउँदा,
यो वायुमण्डलको 
कस्तो हावाको श्वास लिँदा,
एकै चोटि ह्वारह्वार्ति फुर्छ हौ
देशप्रेम र राजनीति?

लौ न हजुर थाहा पाऊँ
मेलोमेसो नै पाइएन!


No comments: