अक्षरहरूको बिस्कुन
"Metaphors I Live By"
Tuesday, February 10, 2026
अवश्य आउनेछु
स्वाभावत:
मैले जूनलाई जून
र घामलाई घाम
सावित गर्न
कुनै कसरत गर्न नपर्ला !
मेरो गाईलाई तिमी गधा भनौला
तिम्रो गधालाई म गाई
तर
तिमी मन पराऊ नपराऊ,
म कालोलाई कालो
सेतोलाई सेतो भन्न
अवश्य आउनेछु ।
No comments:
Post a Comment
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment