Thursday, February 12, 2026

सडक-सदन

सडक प्रगतिशील छ
र लगभग सदन पनि,
दुबैको सक्रियतामा हुन्छ परिवर्तन,
तर जब सदन सडकमा ओर्लिन्छ
वा सडक सदनतिर उक्लिन्छ,
परिवर्तनको संकेत नमिल्दै
भाँडभैलो शुरु हुन्छ ।

No comments: