Monday, March 02, 2026

यस्तो हुन्थ्यो !

अङ्क हुन्थ्यो, अक्षर हुँदैनथ्यो
कलम हुन्थ्यो, किताब हुँदैनथ्यो
गणक हुन्थ्यो, गुरु हुँदैनथ्यो
मतियार हुन्थ्यो, मित्र हुदैनथ्यो 
मान्यता हुन्थ्यो, मान हुँदैनथ्यो ...
तिम्लाई कति भनूँ महोदय,
संख्याले मात्र चल्ने भए दुनियाँ,
अन्दाज हुन्थ्यो, अनुभूति हुँदैनथ्यो
तर्क हुन्थ्यो, तुक हुँदैनथ्यो
दृष्टिकोण हुन्थ्यो, दर्शन हुँदैनथ्यो
बिचार हुन्थ्यो, बोली हुँदैनथ्यो ...!



No comments: