Friday, February 27, 2026

अठोट

अलिकति इख लिएर हिंड्ने हो
आफन्तका लागि,
अलिकति बिख पिएर भिड्ने हो
साथीभाइका लागि,
कोलाहल मै गुज्रिन्छ आखिर जिन्दगी,
'साइलेन्स इज गोल्डेन' तबमात्र लागू होला
जब चिता सजिन्छ आफ्ना लागि !

No comments: