Wednesday, February 25, 2026

छोडाइ

डाको छोडाइसँग शुरू भएको जीवन
श्वास छोडाइबाट अन्त्य हुन्छ,
जिन्दगीको पहिलो र अन्तिम सत्य हो छोड्‍नु,
वा छोड्दै जाने अभ्यास गर्नु,
यसमा न कुनै ठूलो राजनीति छ
कुनै गहन दर्शन,
सोचेर टाउको रन्काउनु
व्यर्थ हो
बिल्कुल व्यर्थ!

No comments: