Sunday, March 22, 2026

प्रार्थना

हे ईश्वर तिमी मलाई बहिरो बनाइदेऊ
श्रुति नहोस् दृष्टि मेरो गहिरो बनाइदेऊ

उड्नु छैन अनन्तमा प्वाँख टाली टाली
गुड्नु छैन अन्धकारमा सबै चेत फाली
बस्छु बरु एकै ठाउँ कर्म साधनामा
कुकर्मको बाटोभरि पहिरो बनाइदेऊ

बिकाऊ होस् नाम आफ्नो भन्ने छैन ध्यान
टिकाऊ होस् काम आफ्नो लिएँ यही ज्ञान
आफू दुख्दा ओखती त समयले देला
अरू दुख्दा उपचारको ओइरो बनाइदेऊ

हे ईश्वर तिमी मलाई बहिरो बनाइदेऊ
श्रुति नहोस् दृष्टि मेरो गहिरो बनाइदेऊ

No comments: