Friday, April 17, 2026

उडान

कति हलुका भइसकेँछु म
सपनाको पखेटामा
प्रशंसाको सिउर बाँधी
उड्ने कोशिश गर्दागर्दै

यस्तो लाग्छ हिजोआज
आलोचनाको सानो झोंक्काले
अलप बनाइदिन्छ मलाई
यो ब्रम्हाण्डबाटै!

No comments: