Monday, July 27, 2026

निंद्रा कि पानी?

माछा आकाशबाट बर्सेको
देखेर सपनामा,
घर छेउको पोखरी पुर्ने
हतार नगर न विपनामा,
तिमीलाई थाहा छैन र,
माछा हुर्किन निंद्रा होइन
धर्तीको पानी चाहिन्छ?

No comments: