Thursday, September 03, 2026

स्वाभाविकता

तिमीले गुफाभित्रबाट
चाहना गर्दैगर्दा आकाशको 
कोही शिखरको टुप्पोमा 
खेल्दै हुन्छ बादलसँग 

तिमीले खण्डहरमा उभिएर
प्यास मेट्दै गर्दा थोपाले
कोही विशाल नदीभित्र 
लगाउँदै हुन्छ गोता 

तिमीले फेदमा बसेर
कुर्दै गर्दा हावाको झोंक्का
कोही हाँगामा बसेर
टिप्दै हुन्छ पाकेको फल
 
यस्तो भइ नै रहन्छ साथी
चाहना नैसर्गिक पनि हो
तर पूरा गर्न भने 
गर्नै पर्छ परिश्रम 

No comments: